ब्युँताइदैं रुपाको ‘सिस्टेनी मेला’

पाेखरा | फागुन ३०, २०७९

ब्युँताइदैं रुपाको ‘सिस्टेनी मेला’ photo Radhi Kadel

पोखरा:   परापूर्वकालदेखि रुपाको सिस्टेनीमा लाग्दै आएको सिस्टेनी मेला ०५० सालपछि एकाएक बन्द भयो । चैते दशैको अवसरमा सञ्चालन हुने सिस्टेनी मेला स्थानीयले असुरक्षा महशुस गर्दै आयोजना गर्न छोडे । 


कास्कीको तत्कालिन रुपाकोट गाविस वडा नम्बर ६, ७ र ८ का जमनकुनाका स्थानीयहरुले आयोजना गर्ने सिस्टेनी मेला कास्कीको विभिन्न तालमध्ये रुपाताल नजिक लाग्ने मेला थियो ।  


पर्यटकीय आकर्षणको रुपमा रहेको रुपातालको प्रचारप्रसारसँगै सिस्टेनी मेलाको महत्व बुझ्न थालेका स्थानीयले २४ वर्ष पहिले बन्द भएको मेला ०७४ मा पुनः सुरु गरे ।


स्थानीयले चैते दशैको अवसरमा ठुलो मेला आयोजना नगरेपनि चैते दशैको अवसरमा नै साना कार्यक्रम भने सञ्चालन हुने गरेको स्थानीयहरु बताउँछन् । 


समयमने परिवर्तनसँगै सभ्य समाज र चेतनशील नागरिकबाट लोप हुँदै गएको सिस्टेनी मेलालाई शान्तिरुपा बराहथोक तमु युवा परिवारले पहिलो पटक २०७४ सालमा प्रथम सिस्टेनी मेला भनेर प्रतियोगितासहित मेला सञ्चालन गरेपछि हराउँदै गएको मेला पुनः सञ्चालनमा आएको हो । 


रुपाताल किनारमा प्रथम सिस्टेनी मेला आयोजना गरेको शान्तिरुपा बराहथोक तमु युवा परिवारले विश्वभर फैलिएको कोरोना भाइरसको कारण मेला सञ्चालन गर्न नसकेको स्थानीय तुलबहादर गुरुङले बताए । 


उमेरले ७२ वर्ष पुगेका गुरुङले मुसुक्क हास्दै भने ‘१८ वर्षको उमेरमा भर्ती देखिए, लाहुरे भएर सिस्टेनी मेलामा आएको अनुभव मनमा ताजै छ, लोप भएको मेला पुनः सञ्चालन गर्न युवासँगै अगाडि बढेको छु ।’


बन्द हुनुपूर्व मेलामा स्थानीय युवाहरुले सेउलाले घेरेर टहरा निर्माण गरेर त्यही टहराबाट एक रुपैयाँसम्मको भाडा उठाएको अनुभव समेत सुनाए ।  

कास्कीको तत्कालिन रुपाकोट गाविस वडा नम्बर ६,७ र ८ का जमनकुनाका स्थानीय युवाहरुले चैते दशै (नवमी र दशमी) को दिनमा आयोजना गर्ने मेलालाई केन्द्रीत गरेर ९० देखि १ सय वटा सम्म सेउलाले घेरेरे टहरा निर्माण गरेर रुपाताल किनारमा मेला सञ्चालन गरेको स्थानीय गुरुङले बताए । 


चैते दशैको अवसरमा रुपातालको सिस्टेनी मेलामा तनहुँ, लमजुङ, पर्वत र स्याङ्जा जिल्लाबाट मेला अवलोकनमा आउने स्थानीय गुरुङ बताउँछन् । ‘सिस्टनी मेलामा तनहुँ, लमजुङ,पर्वत र स्याङ्जा लगायतका स्थानीयहरु मेलामा आउथे, मेलामा ठेलो,भजन चुड्का, ठाडो भाका र लोक भाकामा रमाउथें ।’


दुईदिनसम्म सञ्चालन हुने मेलामा विभिन्न जिल्लाका व्यापारीहरुले माटाका घैँटो, हण्डा, आँसी, कुटो, कोदालो, बन्चरो हलोको फालीसँगै स्थानीय उत्पादनबाट बनेका सेलरोटी, चिया, तरुल, बागलुङ्गे भट्टा, चिउरा, कोदोको लोक्कल रक्सी र तान्द्रेको गाभाको अचार लगायतको वस्तुहरुको विक्री वितरण हुने गर्दथ्यो । 


विस्तारै गाउँदेखि शहरतर्फ बसाईसराई गर्ने क्रम बढेपछि लोपउन्मुख मेलामा पुगेको मेला स्थानीयले तत्कालिन समयमा असुरक्षाको महशुस गर्दै मेला गर्न छोडेको स्थानीय गुरुङ नै बताउँछन् । 


चैत १५ देखि १७ सम्म दोस्रो सिस्टेनी मेला


कोरोना भाइरसका कारण रोकिएको सिस्टेनी मेला शान्तिरुपा बराहथोक तमु युवा परिवारले चैत १५ देखि १७ गतेसम्म कास्कीको रुपा गाउँपालिका ६ रुपातालमा विभिन्न प्रतियोगितात्मक कार्यक्रमसहित दोस्रो सिस्टेनी मेला आयोजना गर्दै छ । 


विभिन्न कारणले रोकिएको सिस्टेनी मेलालाई चैते दशैको अवसरमा चैत १५ देखि १७ गतेसम्म प्रतियोगितासँगै मेला आयोजना गरिएको शान्तिरुपा बराहथोक तमु युवा परिवारका अध्यक्ष बुद्धिबहादुर गुरुङले बताए । 


‘लोप हुँदै गएको मेला २०७४ सालदेखि सुरु ग¥यो तर विश्वभर फैलिएको कोरोना भारइसका कारण निरन्तरण दिन सकेनौं, गुरुङले भने, ‘तालको शहरले चिनिएको पोखरासँगै रुपतालको प्रचारप्रसार गर्न चैते दशैको अवसरमा दोस्रो सिस्टेनी मेला आयोजना गरेका छौं ।’


उनका अनुसार दोस्रो सिस्टेनी मेलामा साविक वडास्तरीय पुरुष भलिबल प्रतियोगिता, छेलो, रस्साकस्सी र भाले छुने प्रतियोगिता आयोजना गरेको छ । 


साविक वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेताले ६० हजार, दोस्रो हुने समूहले ३० हजार र तेस्रो हुने समूहले १५ हजार र अनुशासित समूहले ५ हजार प्राप्त गर्नेछन् । यस्तै विधागत तर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट सेटर, ब्लकर, डिफेन्डर, सर्वरले ट्रफी र जर्सी पुरस्कार पाउने छन् । भने भलिबलमा सहभागिता हुन ५ हजार दर्ता शुल्क निर्धारण गरेको छ । 


दोस्रो सिस्टेनी मेलामा छेलो फाल्ने प्रतियोगिता, रस्साकस्सी प्रतियोगिताका विजेताले नगद ५ हजार पुरस्कार प्राप्त गर्नेछन् । मेलामा ६ लाख २४ हजार आम्दानी हुने आयोजकले जनाएको छ भने, ३ लाख ९९ हजार रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ । 


 

पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् ।   शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...

थप पढ्नुहोस्

कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।   राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ः३४ मिनेट जाँदा कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु...

थप पढ्नुहोस्

पोखरा ।   नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।    चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

थप पढ्नुहोस्